२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारमा समुद्री यात्रा तथा जलसम्बन्धी सम्पूर्ण गतिविधि अस्थायी रूपमा स्थगित

Nada
तिलु शर्मा पौडेल
२०८३ असार १५ गते २१:१९
Shares
कतारमा समुद्री यात्रा तथा जलसम्बन्धी सम्पूर्ण गतिविधि अस्थायी रूपमा स्थगित

दोहा : कतारको यातायात मन्त्रालयले सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै आज जुन २९ देखि अर्को सूचना जारी नभएसम्म समुद्री यात्रा तथा समुद्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको जनाएको छ।

ncell

मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा मनोरञ्जनका लागि प्रयोग हुने डुंगा, माछा मार्ने डुंगा, जेट स्की लगायत सबै प्रकारका समुद्री सवारीसाधनका मालिक तथा प्रयोगकर्तालाई तत्काल प्रभावबाट समुद्री यात्रा र जलसम्बन्धी गतिविधि रोक्न निर्देशन दिएको छ।

यद्यपि अन्तर्राष्ट्रिय समुद्री महासन्धि प्रक्रियाअनुसार सञ्चालन भइरहेका समुद्री जहाजहरू भने यस निर्णयबाट प्रभावित नहुने मन्त्रालयले स्पष्ट गरेको छ। मन्त्रालयका अनुसार यो  निर्णय सम्बन्धित सुरक्षा निकायहरूसँगको समन्वयमा सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै लागू गरिएको हो। साथै सबै सरोकारवालालाई सरकारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

मन्त्रालयले परिस्थितिअनुसार आवश्यक परे थप निर्णय तथा अद्यावधिक जानकारी आधिकारिक माध्यममार्फत सार्वजनिक गर्ने पनि जनाएको छ।

ताजा खबर

सम्बन्धित खबर