२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

भेनेजुएलामा भूकम्प अपडेट: मृतकको संख्या दुई हजार ६४५ पुग्यो

Nada
२०८३ असार २० गते १५:३२
Shares
भेनेजुएलामा भूकम्प अपडेट: मृतकको संख्या दुई हजार ६४५ पुग्यो

एजेन्सी : भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६४५ जना पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन् ।

ncell

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार टेलिग्राम मार्फत छ हजार  ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताए । भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू ध्वस्त भएको उनले बताए। अधिकारीहरूले प्रकोपबाट प्रभावितहरूलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको बताइएको छ ।

भेनेजुएलामा आपत्कालीन अवस्थाको सामना गर्न  तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपत्कालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताए । 

सम्बन्धित खबर