२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

हर्मुज जलडमरूमा कतारी जहाज माथिको आक्रमणको कतारद्वारा कडा निन्दा, इरानलाई कानुनी रूपमा पूर्ण जिम्मेवार ठहर

Nada
२०८३ असार २३ गते १९:३७
Shares
हर्मुज जलडमरूमा कतारी जहाज माथिको आक्रमणको कतारद्वारा कडा निन्दा, इरानलाई कानुनी रूपमा पूर्ण जिम्मेवार ठहर

दोहा : कतार सरकारले हर्मुज जलडमरूतर्फ आइरहेको कतारी जहाज ‘अल रेकय्यात’ माथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै उक्त घटनाका लागि इरानलाई कानुनी रूपमा पूर्ण जिम्मेवार ठहर गरेको छ । कतारका प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका प्रवक्ता डा. माजिद बिन मोहम्मद अल अन्सारीले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया जनाउँदै उक्त आक्रमण अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको अस्वीकार्य हमला भएको बताएका छन् ।

ncell

उनले जहाजमाथिको आक्रमणले अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा, विश्वव्यापी ऊर्जा आपूर्ति तथा समुद्री मार्गको स्वतन्त्र आवागमनमा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरे। यो घटना अन्तर्राष्ट्रिय कानुन, विशेष गरी अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र र सुरक्षित आवागमन गर्ने स्पष्ट व्यवस्थाको गम्भीर उल्लंघन भएको उनको भनाइ छ ।

डा. अन्सारीले इस्लामिक गणतन्त्र इरानलाई क्षेत्रीय सुरक्षामा असर पार्ने तथा अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षालाई जोखिममा पार्ने सबै गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय राष्ट्रहरूको स्रोतसाधनलाई स्वार्थका लागि जोखिममा नपार्न पनि इरानलाई चेतावनी दिएका छन् ।

उनले कतार सरकारले ‘अल रेकय्यात’ जहाजमाथि भएको आक्रमण तथा त्यसबाट उत्पन्न भएका सबै क्षति, नोक्सानी र परिणामका लागि इरानलाई कानुनी रूपमा पूर्ण जिम्मेवार ठहर गरेको स्पष्ट पारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर