
सुनसरी : सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यु तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ ।
प्रदर्शनकारीले कर्फ्यु आदेश अवज्ञा गर्दै आगजनी तथा तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली परिचालन गरिएको हो । हतियारसहित सेनाको टोली परिचालन गरिएपछि अवस्था नियन्त्रणमा आएको बताइएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
घटनापछि स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
घटना छानबिनका लागि सरकारले ५ सदस्यीय समिति गठन गरिसकेको छ भने सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।