२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुरुङमार्गको शिलान्यास शिलाखेल पुनर्स्थापना गर्छौं : मन्त्री लम्साल

Nada
२०८३ साउन ११ गते १३:१२
Shares
सुरुङमार्गको शिलान्यास शिलाखेल पुनर्स्थापना गर्छौं : मन्त्री लम्साल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गरिने बताएका छन् । सुरुङमार्ग उद्घाटनअघि स्थानीयहरूका माग सम्बोधन गर्ने क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । स्थानीय मागसहित शिलान्यासको शिलालेख हटाइएकोमा स्थानीयवासीले प्रश्न उठाएका थिए । 

२०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्ग शिलान्यास गरेका थिए । ओलीको नाम अंकित शिलालेख हटाइएको भन्दै विरोध भएपछि मन्त्री लम्सालले प्रष्टीकरण दिएका हुन् । उनका अनुसार, निर्माणस्थलबाट सडक विभागमा लगेर राखिएको शिलालेख जेनजी आन्दोलनका क्रममा आगलागी भइ हराएको छ । सो शिलालेख खोजेर पुनर्स्थापना गरिने उनले स्थानीय बासिन्दालाई वचन दिएका छन् । 

उद्घाटनपछि पूर्वाधार विकास मन्त्री लम्सालले भने, ‘अब देशैभर यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं ।’ 

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा नेपालको पहिलो अत्याधुनिक सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङको लम्बाइ २.६ किमी छ भने सहायक सुरुङमार्ग २.५ किमी छ ।

सम्बन्धित खबर