२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

‘कि त मारिदेऊ, कि त खोला तारिदेऊ' भन्दै सहकारीपीडितहरू पुन: आन्दोलनमा (तस्बिरहरू)

Nada
२०८३ साउन ११ गते १४:५२
Shares
‘कि त मारिदेऊ, कि त खोला तारिदेऊ' भन्दै सहकारीपीडितहरू पुन: आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं : सहकारी पीडितहरूले समानरूपमा बचत फिर्ता गर्न माग राखेर माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माईतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरूले सरकारले साना र ठुला बचतकर्ता भनेर पीडितहरूलाई विभाजन गरेर पीडितहरूको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाइ नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरूको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

May be an image of one or more people and text

सहकारी पीडितसँग विगतमा गरेका सम्झौताहरू कार्यन्वयन गराउन आफूहरूले प्रदर्शनमा उत्रिएको उनको भनाइ छ । उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए ।

सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठुला ऋणीसंँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरूले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text that says "दस्व पराष साराले सहकारीको पाराले सहकारी पिडीत -एका सवालक संगालकसमितिलाई समितिलाई कारवही मर हाळो बच्त फिती मर साहकारीलाई राष्ट्र यैकको सहकारी ಕಾ। बन्द सहकारी पिडीत बचतकर्तीलाई व्याय देउ हामो माग पुरा गर माताहतामा जर madhyanhadaily.com"

May be an image of one or more people and text that says "समस्यामा परेका तर समस्या ग्रस्त घोषणा नभएका सहकारीका बचतकर्ताहरु को बचत रकम फिर्ता गर्ने नीति जियमको तुरुन्त व्यवस्था गरी- ुरुन्त बचत फिर्ता गर सहकारी बचतकर्ता संरक्षण राष्ट्रय अभियान ©madh madhyanhadaily.com"

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of ‎one or more people and ‎text that says "‎mlu Gieten समस्याना परका तर नमम्या रस्त रारत घोपना भएका महकारीक सचনকस एकम गने निवमका नुरन अयावस्था ল T दलल नयच कफला फर्न्ा पमरी لال © madhyanhadaily.com com‎"‎‎

May be an image of one or more people, street, crowd and text

May be an image of one or more people and text that says "0華 वान्तेट परीसंस्थालि. @madhyanhadaiy.com Cimadh com"

May be an image of one or more people, crowd and text that says "h t"

 

सम्बन्धित खबर