
चितवन : नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छ्याएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।
मंगलवार दिउँसो १:३० बजे खहरे खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो पन्छ्याएर सडक पुन:पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।
सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरू अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् ।