२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

Nada
२०८३ साउन १२ गते १६:२८
Shares
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८:३० बजे बस्ने भएको छ । 

नेता श्रेष्ठको ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि साउन १३ गते बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको काँग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सम्बन्धित खबर