२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति ‘प्रचण्ड’द्वारा दुःख व्यक्त

Nada
२०८३ साउन १२ गते १७:०३
Shares
कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति ‘प्रचण्ड’द्वारा दुःख व्यक्त

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

संयोजक ‘प्रचण्ड’ले एक शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा दिवङ्गत श्रेष्ठले पुर्‍याएको योगदान नेपाली राजनीतिमा सधैँ स्मरणीय रहने वक्तव्यमा उल्लेख गरिएको छ ।

संयोजक ‘प्रचण्ड’ले दिवंगत नेता श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् । क्यान्सर पीडित श्रेष्ठको मंगलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सम्बन्धित खबर