२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

त्रिवेणी साहित्य मञ्चले लघुकथा संग्रह प्रकाशन गर्ने

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २२:१९
त्रिवेणी साहित्य मञ्चले लघुकथा संग्रह प्रकाशन गर्ने

काठमाडौं : त्रिवेणी साहित्य मञ्चले लघुकथा संग्रह प्रकाशन गर्ने भएको छ । 

नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने लक्ष्य लिएर सन् २०१७ मा स्थापना भएको मञ्चले लघुकथा संग्रह प्रकाशन गर्न लागेको हो । 

मञ्चले भाषा साहित्यको श्रीवृद्वि गर्न विगतदेखि नै स्रष्टाका साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ । २०८१ सालभित्र नेपाली भाषामा रचिएका विश्वभरिका कथाकारका एक÷एक वटा लघुकथालाई समेटेर प्रतिनिधिमूलक लघु कथासंग्रह प्रकाशन गर्ने मञ्चले जनाएको छ । 

उक्त संग्रहमा समेटिन चाहने सम्बन्धित लघु कथाकारले २०८१ साल असोज मसान्तभित्र लघुकथालाई इमेल [email protected], [email protected] मा उपलब्ध गराउन आग्रह गरिएको छ । 

संस्थाले आह्वान गरेअनुसार लघुकथा पूर्णतया अप्रकाशित, मौलिक र २५० शब्दसम्मको हुनुपर्नेछ । कुनै पनि लघुकथा अश्लील, अन्धविश्वासयुक्त र सामाजिक सद्भाव बिथोल्ने किसिमको हुनु नहुने उल्लेख गरिएको छ । प्रत्येक लघुकथाकारसँग प्रिति वा युनिकोडमा एकवटा लघुकथा,संक्षिप्त बायोडाटा र फोटो मागिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise