२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, सतर्क रहन निर्देशन

Nada
२०८३ साउन १३ गते १९:०९
Shares
सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, सतर्क रहन निर्देशन

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो अवस्था, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयास गर्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालयअन्तर्गतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर