२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

गुरु पूर्णिमामा क्योकुशिनकाई कराते डोजो नखिपोटमा गुरु सम्मान कार्यक्रम

Nada
२०८३ साउन १३ गते २१:४९
Shares
गुरु पूर्णिमामा क्योकुशिनकाई कराते डोजो नखिपोटमा गुरु सम्मान कार्यक्रम

ललितपुर : गुरु पूर्णिमाको अवसर पारेर आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीहरूले आफ्ना गुरु तथा प्रशिक्षकप्रति सम्मान प्रकट गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन् । डोजोमा आयोजित उक्त कार्यक्रममा सिनियर तथा जुनियर खेलाडीहरू एकत्रित भई गुरुहरूको सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै आइकेओ क्योकुशिनकाई नेपालका ब्रान्चचिफ दिपक लामाले डोजोले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ निरन्तर प्रशिक्षण सञ्चालन गर्दै आएको बताए । उनले यस डोजोबाट प्रशिक्षित खेलाडीहरूले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उल्लेखनीय प्रदर्शन गरेको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । साथै, खेलाडीहरूले विश्वका जुनसुकै मञ्चमा पुगेर उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्राप्त गरून् भन्ने शुभकामना पनि व्यक्त गरे ।

डोजोले नियमित रूपमा बेल्ट टेस्ट, विशेष प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यहाँ प्रशिक्षण लिने खेलाडीहरू विभिन्न स्तरका क्योकुशिनकाई कराते प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् ।

गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, मुख्य प्रशिक्षक समीर श्रेष्ठ, प्रशिक्षकद्वय सेन्सेई उत्तम स्थापित र सेन्सेई दिनेश स्याङ्तानलाई खेलाडीहरूले सम्मान गरेका थिए । कार्यक्रममा सहभागी खेलाडीहरूले गुरुहरूको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गर्दै खेलकुदमार्फत अनुशासन र आत्मविश्वास अभिवृद्धि भएको अनुभव साझा गरेका थिए ।

सम्बन्धित खबर