२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बंगलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १४:५६
बंगलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

ढाका :बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । योबंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ।
 
मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले  जनाएको छ  । 

गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । 

यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ माबंगलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise