
काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्री 'कुमार'काे नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष लामिछानेलेलाई भेटेको तृतीय उपाध्यक्ष लक्ष्मण पाैडेलले जानकारी दिए ।
संघ मलेसियालगायतका मुलुकमा हुने सिन्डिकेट लगायतका विषयमा कडा प्रतिरोधमा देखिएको छ । भेटका क्रममा उक्त विषयका अतिरिक्त सेवाशुल्क परिमार्जनलगायतका विषयमा छलफल भएको बताइएकाे छ ।
रास्वपाको नेतृत्वमा सरकार बनेपछि संघले सभापति लामिछानेलाई पहिलोपटक भेटेको हो ।