२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सुरुङ उद्धारबाट बाहिरिए सांसद ढकाल र न्यौपाने

Nada
२०८३ भदौ १९ गते १५:०७
Shares
सुरुङ उद्धारबाट बाहिरिए सांसद ढकाल र न्यौपाने

काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गरिरहेका रास्वपाका सांसद सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन् ।

ncell

उद्धारस्थलमा सांसदहरूको उपस्थितिले काममा अवरोध पुगेको गुनासो आएपछि रास्वपाले उनीहरूलाई फर्किन निर्देशन दिएको थियो । दुवै सांसद इन्जिनियर हुन् र आफ्नो प्राविधिक विज्ञताका आधारमा उद्धार कार्यमा सहयोग गर्न घटनास्थल पुगेका थिए ।

न्यौपानेले अब सुरुङभित्रको उद्धारको जिम्मेवारी नेपाली सेना र सशस्त्र प्रहरीले सम्हाल्ने भएकाले आफू फर्किएको बताएका छन् । ढकालले भने फिल्डमा सहकार्य भए पनि सञ्चारमाध्यममा नकारात्मक प्रचार भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

uae

सम्बन्धित खबर