२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीप्रभावित चार सय जनालाई जमीयत उलमा-ए-नेपालद्वारा राहत वितरण

Nada
इसत्याक अहमद
२०८३ भदौ १९ गते १५:४२
Shares
बाढीप्रभावित चार सय जनालाई जमीयत उलमा-ए-नेपालद्वारा राहत वितरण

काठमाडौं : जमीयत उलमा-ए-नेपालले भोटेकोशीमा आएको बाढीबाट प्रभावित करिब ४०० जनालाई राहतस्वरूप कपडा तथा आवश्यक सामग्री वितरण गरेको छ ।

ncell

बाढीबाट प्रभावित उनीहरू हाल काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिएर बसिरहेका छन् । राहत सामग्री प्राप्त गरेपछि पीडितहरूले सहयोगप्रति खुसी व्यक्त गर्दै जमीयत उलमा-ए-नेपाललाई धन्यवाद दिएका छन् ।

विपद्को कठिन घडीमा प्रभावित परिवारहरूको पीडा कम गर्न मानवीय सहयोग र सहकार्य आवश्यक रहेको भन्दै जमीयतले राहत वितरणमार्फत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ ।

No description available.

जमीयत उलमा-ए-नेपालका महासचिव मुफ्ती शमीम अहमद मक्कीका र मौलाना सुबहान अनुसार राहत सामग्री तथा सहयोग रकम आफ्ना सदस्यहरू र विभिन्न मस्जिदमार्फत संकलन गरिएको हो । उनले विपद्पीडितहरूको सहयोगका लागि मस्जिद तथा समुदायबाट प्राप्त सहयोगलाई राहत कार्यमा परिचालन गरिएको बताए ।

यो राहत वितरण पहिलो चरणको सहायता रहेको र आगामी दिनमा विभिन्न चरणमा थप राहत तथा सहयोग उपलब्ध गराउने योजना रहेको जमीयतले जानकारी दिएको छ ।

राहत वितरण कार्यमा सहभागी मौलाना कलामुद्दीनले बाढीपीडितहरूले घटनापछि विभिन्न किसिमका समस्या सामना गरिरहेको बताए । आश्रयस्थलमा रहेका पीडितहरूको तत्कालीन आवश्यकता पूरा गर्न निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

uae

सम्बन्धित खबर