२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भरत खवास मेजरमा बढुवा, उद्धारमै रहँदा पाए दर्ज्यानी चिह्न 

Nada
२०८३ भदौ २० गते ०६:२०
Shares
भरत खवास मेजरमा बढुवा, उद्धारमै रहँदा पाए दर्ज्यानी चिह्न 

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा बढुवा भएका छन् । उनलाई सह–सेनानी (क्याप्टेन)बाट नियमित प्रक्रियाअनुसार मेजरमा पदोन्नति गरिएको हो ।

ncell

हाल त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका खवास पछिल्लो समय भदौ १० गते आएको विनाशकारी बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिइरहेका छन् ।

उद्धारमा खटिएकै क्रममा उनलाई नेपाली सेनाको ब्यारेकमा मेजर पदको दज्र्यानी चिह्न प्रदान गरिएको हो । खवासलाई ब्रिगेडियर जनरल अनुपविक्रम राणाले दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

खेलकुदसँगै सैनिक सेवामा समेत सक्रिय उनी विगत ४ दिनदेखि त्रिशूली क्षेत्रमा उद्धारका लागि अग्रपंक्तिमा खटिँदै आएका छन् । विपद्का बेला उद्धारमा सक्रिय रहेकै बेला बढुवा भएर नयाँ जिम्मेवारी पाउँदा आफूलाई निकै खुसी लागेको खवासले बताएका छन् ।

खवास यसअघि २०७९ साउनमा सह–सेनानी पदमा बढुवा भएका थिए । एन्फा एकेडेमीबाट उत्पादन भएका ३४ वर्षीय खवासले विभिन्न उमेर समूह हुँदै नेपाली राष्ट्रिय टोलीको सिनियर टिमसम्म प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेका छन् ।

उनले फिफा विश्वकप छनोट, एएफसी प्रतियोगिता, साफ च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

uae

सम्बन्धित खबर