२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

धापाखेलवासीको पहलमा बाढीपीडितलाई ६ लाख बढी सहयोग

Nada
दीपकप्रसाद घिमिरे
२०८३ भदौ १९ गते २२:०२
Shares
धापाखेलवासीको पहलमा बाढीपीडितलाई ६ लाख बढी सहयोग

ललितपुर : भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै ललितपुर महानगरपालिका वडा नं. २४ का संघसंस्था, व्यक्ति तथा वडा कार्यालयले बागमती प्रदेश सरकारको मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा ६ लाख १६ हजार ७० रुपैयाँ सहयोग गर्ने भएको छ । वडाध्यक्ष दिनेशजंग पाण्डेका अनुसार वडावासी, विभिन्न महिला समूह, टोल विकास संस्था, संघसंस्था, स्थानीय व्यापारी तथा जनप्रतिनिधि र कर्मचारीको सहयोगमा संकलन गरिएको नगद ४ लाख ६६ हजार ७० रुपैयाँ भदौ १८ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको बागमती प्रदेश सरकारको मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषको खातामा जम्मा गरिसकिएको छ ।

ncell

बाँकी थप एक लाख ५० हजार भने वडा कार्यालयको तर्फबाट तीज मनाउन छुट्याइएको बजेट कटौती गरी व्यवस्थापन प्रक्रियामा रहेकोले चाँडै सोही कोषमा जम्मा गरिने वडाअध्यक्ष पाण्डेले जानकारी दिए । पत्रकार भेटघाटमा बोल्दै वडाअध्यक्ष पाण्डेले विपद्को समयमा पीडितहरूलाई सहयोग गर्नु मानवीय कर्तव्य र जनप्रतिनिधिको दायित्व भएको बताए । स्थानीय तहमा सिधै नगद राहत दिने व्यवस्था नभएकाले बाढी पीडितसमक्ष चाँडो राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कोषको साटो प्रदेश सरकारको मुख्यमन्त्री राहत कोष रोजिएको उनको भनाइ थियो ।

सोही अवसरमा अध्यक्ष पाण्डेले राहत संकलनमा सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरू, टोल विकास संस्था तथा महिला समूहहरूको नामावली र प्राप्त रकम सार्वजनिक गर्दै पारदर्शिता कायम गरिएको बताए । साथै, वडास्तरीय विपद् व्यवस्थापन समितिका सचिव महेशकुमार गिरीको अगुवाइ तथा स्थानीय नयाँ आशा नामक संस्थाको समन्वयमा भदौ १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६, बट्टार पुगेर करिब एक लाख ७० हजार बराबरको खाद्यान्न तथा औषधिजन्य सामग्रीहरू बाढी प्रभावितहरूलाई प्रत्यक्ष रूपमा वितरण गरी फर्किएको जानकारी पनि गराइएको थियो । हाललाई वडास्तरबाट सञ्चालित राहत संकलन अभियान स्थगित गरिएको र आगामी दिनमा यस्ता विपद् नपरुन र विषम परिस्थिति आएमा पुनः हातेमालो गरिने वडाध्यक्ष पाण्डेले बताए । 

uae

सम्बन्धित खबर