
काठमाडौँ : अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको हो ।
यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो ।
योसँगै सुरुङबाट उद्धार हुनेको संख्या ३ पुगेको छ ।