
काठमाडौँ : नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ ।
उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ रहेकी छन् । बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनलाई शनिबार प्रहरीले उद्धार गरेको हो ।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो ।