सत्य बटाला/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नरपालिकामा प्रथम नगरकप भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक आठबिसकोट नगरपालिका नगर खेलकुद विकास समितिले यही मंसिर २३ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जाकारी दिएको हो ।
आठबिसकोट नगरपालिकालाई खेलकुदको हबको रुपमा विकास गर्न नगरतहमा विभिन्न खेलकुद प्रतियोगिता संचालन गरिँदै आएको युवा तथा खेलकुद विकास समिति आठबिसकोटका अध्यक्ष सन्देश बिकले जानकारी दिए ।
उनले भने, ‘प्रथम मेयरकप भलिबल प्रतियोगिता यसैको निरन्तरता हो ।’ उनले सबै वडाका खेलाडी छनोटका लागि खेल मैदान बनाउने योजनाका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष बिकका अनुसार आठबिसकोट नगरपालिकाका १४ वटै वडाका टोलीबीच प्रतिस्पर्धा हुने छ ।
प्रथम नगरस्तरीय मेयर कप भलिबल प्रतियोगिताको पुरस्कार क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले ५० हजार, ३० हजार र २० हजार रहेको जनाइएको छ । खेल वडा नं ९ को रंगशालामा हुने आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies