२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

रसुवागढीस्थित नेपाल–चीन सीमा नाकामा राखियो नेपालको झण्डा

Nada
२०८३ भदौ २० गते १९:२८
Shares
रसुवागढीस्थित नेपाल–चीन सीमा नाकामा राखियो नेपालको झण्डा

रसुवा : रसुवाको टिमुरेस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

ncell

गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित सीमा क्षेत्रमा भाद्र १० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले नेपालको झण्डा राखेको हो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सीमा क्षेत्रमा पुग्ने बाटो क्षतिग्रस्त भएपछि केही समयदेखि उक्त स्थानमा पुग्न कठिनाइ हुँदै आएको थियो । बाढीले बाटोमा क्षति पुर्‍याएपछि जोखिमयुक्त भूभाग हुँदै सशस्त्र प्रहरी बल, नेपाल बीओपी टिमुरेबाट गएको टोलीले करिब ३ किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुग्दै नेपालको झण्डा राखेको हो ।

त्यसैगरी, नेपाली सेनाको टोली पनि हेलिकप्टरमार्फत उक्त स्थानमा पुगेको थियो । सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले नेपालतर्फको सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राखेको जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीका कारण बाटो क्षतिग्रस्त भए पनि जोखिम मोलेर टोली सीमा क्षेत्रमा पुगेको हो ।

uae

सम्बन्धित खबर