२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

आमाको जिवितै उद्धार भएपछि किरिया छाडेर अस्पताल पुगे छोरा 

चण्डिकालाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले जिवितै उद्धार गरेको हो।

Nada
२०८३ भदौ २० गते १९:५६
Shares
आमाको जिवितै उद्धार भएपछि किरिया छाडेर अस्पताल पुगे छोरा 

नुवाकोटको सत्तरी फाँटमा शनिबार दिउँसो उद्धार टोली एउटा पुरिएको घरतर्फ अघि बढ्यो। बाढीले घरको चारतले संरचना नै उखेलेर फलाखु खोलाको किनारमा पुर्‍याएको थियो। माथिल्लो तलाको केही भाग मात्रै देखिन्थ्यो। बाँकी सबै माटो, ढुंगा र लेदोले पुरिएको थियो।

ncell

त्यही घरभित्रबाट आवाज आएको िथयो । उद्धार टोलीले झ्याल देखिएको भाग फुटाएर भित्र पस्ने प्रयास गर्‍यो। सावधानीपूर्वक हिलो हटाउँदै जाँदा एउटा सानो भागमा ६४ वर्षीया चण्डिका श्रेष्ठ भेटिइन्। उनी जीवित थिइन्।

१० भदौको बाढीपछि चण्डिका बेपत्ता थिइन्। परिवारले आठौँ दिनसम्म त्रिशूली र फलाखु खोलामा खोज्यो। तर कुनै खबर पाएन। आसपास भेटिएका शव गन्हाउन थालेपछि खोजी गर्नसमेत कठिन भएको थियो। परिवारले अब चण्डिका फर्किने आशा छाडिसकेको थियो। उनका बुवा आनन्दलाल श्रेष्ठको त झन् आसै थिएन् । बाढी आउँदा चण्डिका घरभित्रै थिइन् भने आनन्दलाल घरबाहिर पसलमा थिए । आमाबुवा दुबै नरहेको ठानेर छोराहरुले कुशको शव बनाएर अन्त्येष्टि गरेर किरियासमेत बसिसकेका थिए । 

तर चण्डिका जीवित भेटिएको खबर पाएपछि उनका कान्छा छोरा आशिष किरिया छाडेर अस्पताल पुगे। केही दिनअघि आमाको मृत्यु भएको ठानेर शोकमा बसेका उनी अहिले छाउनीस्थित सैनिक अस्पतालमा आमाको उपचार कुरिरहेका छन्।

चण्डिकालाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकोप्टरबाट त्रिशूलीस्थित नेपाली सेनाको गणमा लगियो। प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएको हो।

स्थानीय शशि डंगोलका अनुसार, बाढी आउँदा चण्डिका र उनका श्रीमान् आनन्दलाल घरमै थिए। आनन्दलाल पसलमा र चण्डिका घरभित्र थिइन्। घर बाढीले बगाउँदा दुवै बेपत्ता भएका थिए। आनन्दलाल भने अझै भेटिएका छैनन्। 

बाढीले चण्डिकाको घर त्रिशूली किनारबाट उखेलेर फलाखु किनारको सत्तरी फाँटमा पुर्‍याएको थियो। बाढीपछि त्यहाँ पुग्नसमेत कठिन थियो। त्यसैले घरभित्र कोही जीवित हुन सक्ने परिवारले सोचेको थिएन। तर आज त्यही भग्न घरभित्रबाट आएको आवाजले एउटा परिवारको किरिया कर्म रोकिदियो। किरिया बसेका छोरा आमालाई भेट्न अस्पताल पुगे। घटनाको ११औँ दिनमा हिलोले भरिएको कोठामा उनी जीवित भेटिएकी थिइन्। 

uae

सम्बन्धित खबर