२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

पूर्णबहादुर र शेखरसँग गगनले गरे छुट्टाछुट्टै छलफल

Nada
२०८३ भदौ २१ गते १३:२७
Shares
पूर्णबहादुर र शेखरसँग गगनले गरे छुट्टाछुट्टै छलफल

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

ncell

कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले खड्कासँग शनिबार र कोइरालासँग आइतबार भेटवार्ता गरेका हुन् । आसन्न महाधिवेशन तथा पार्टीभित्र देखिएका विभिन्न विषयमा सहमति जुटाउने उद्देश्यले उनीहरूबीच छलफल भएको बताइएको छ ।

कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा आसन्न महाधिवेशनसँगै बाढीपछि राहत, पुनर्निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

महाधिवेशनको विषयमा खड्का र कोइरालासँग संवादलाई निरन्तरता दिने उद्देश्यले वडा तहका अधिवेशनको मिति करिब एक साता सार्ने तयारीसमेत गरिएको छ । यद्यपि, केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राख्ने तयारी छ। कांग्रेसले आगामी १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी अघि सारेको कार्यतालिकाप्रति खड्का र कोइराला असहमत देखिएका छन् । देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने क्रममा आयोजना गरेको बैठकमा समेत खड्का र कोइराला सहभागी भएका थिएनन् ।

महाधिवेशनको मिति तथा कार्यतालिकालाई लिएर कांग्रेसभित्र देखिएको मतभेदबीच सभापति थापाले शीर्ष नेताहरूसँग संवाद अघि बढाएका हुन् । खड्का र कोइरालासँगको छलफलपछि कार्यसम्पादन समितिको बैठकमार्फत थप रणनीति तय गर्ने तयारीमा थापा रहेको नेताहरूको भनाइ छ ।

uae

ताजा खबर

सम्बन्धित खबर