२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

पार्टी एकताका लागि जुनसुकै त्याग गर्न तयार छु : कोइराला

Nada
२०८३ भदौ २१ गते १४:३७
Shares
पार्टी एकताका लागि जुनसुकै त्याग गर्न तयार छु : कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको एकता कायम गर्न आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको बताएका छन् ।

ncell

पार्टी सभापति गगन थापासँग आइतबार भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेस एक ढिक्का हुनुको विकल्प नभएको धारणा राखेका हुन् ।

'पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रस्ट पार्नुभयो', कोइरालाको सचिवालयले भेटबारे जानकारी दिँदै भनेको छ ।

सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएको सचिवालयले जनाएको छ । भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या र त्यसको समाधानका सम्भावित उपायबारे दुई नेताबीच छलफल भएको थियो ।

त्यस्तै, पछिल्लो बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको अवस्था तथा प्रभावित क्षेत्रमा गर्नुपर्ने कामका विषयमा पनि कुराकानी भएको जानकारी दिइएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर