काठमाडौं : आकर्षक तलब तथा सुविधासहितको वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका २७ वर्षीय रामकृष्ण आचार्यलाई वैदेशिक रोजगार ठगीको अभियोगमा पक्राउ गरिएको बताएको छ ।
सामाजिक सञ्जालको माध्यामबाट रोजगार आकांक्षी युवाहरुसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाई आफू कम्बोडियामा होटेलको सेक्युरिटी गार्डमा काम गरिरहेको र अन्य व्यक्तिहरुलाई पनि रोजगारीमा लगाइदिने भन्दै २३ लाख ९७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा आचार्य विरुद्ध उजुरी परेको प्रहरीले बताएको छ । आचार्यले शुरुमा भिसा प्रोसेसिङका लागि २३ लाख ९७ हजार रुपैयाँ लाग्ने भन्दै उक्त रकम बैंकमा जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीको दाबी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies