
काठमाडौं : लेखक, पत्रकार एवम् अधिवक्ता टंक कला तिमिल्सेना जर्नालिस्ट, फ्यक्ट चेकिङ् र सोसल वर्क विधाबाट 'इन्टरनेसनल एक्सिलेन्ट अवार्ड २०२६' जित्न सफल भएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था 'ए.बी.एम.' द्वारा प्रदान गरिने यो अवार्ड तिमिल्सेनालाई शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा प्रदान गरिएको हो ।
अवार्ड ग्रहण गर्दै उनले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीतिक क्षेत्रमा आफ्नो तर्फबाट सक्दो प्रयाश गर्ने र नेपालको विकासका लागि सक्रिय रहने बताएकी छन् ।
तिमिल्सेनाले विगतदेखि नै अन्तर्राष्ट्रिय युवाहरूका विभिन्न मञ्चमा प्रभावकारी सहभागिता जनाउदै आएकी छन् ।
नेपाल पत्रकार मञ्चका कार्यसमिति सदस्य समेत रहेकी तिमिल्सेना टुकिखवर डट कमकी प्रधान सम्पादक पनि हुन् । उनले विगत १६ वर्षदेखि नेपालको राष्ट्रिय पत्रकारितामा सक्रिय भूमिका निभाउदै आएकी छन् ।
उनी सूचनाको सत्य जाँच र सामाजिक कार्यमा समेत सक्रिय छन् । सूचनाको सत्य जाँच सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्लोबल फ्याक्ट चेकिङ् नेटवर्कमा विज्ञका रूपमा समेत रहेकी तिमिल्सेनाले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका क्षेत्रमा सञ्चार कार्यमा योगदान गरिरहेकी छन् ।