२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

बर्दियामा सम्पर्कविहीन ५५ जनाका आफन्तको डिएनए नमुना संकलन

Nada
दीपकलाल श्रेष्ठ
२०८३ भदौ २१ गते २२:१०
Shares
बर्दियामा सम्पर्कविहीन ५५ जनाका आफन्तको डिएनए नमुना संकलन

बर्दिया : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका व्यक्तिहरूको पहिचानका लागि आफन्तहरूको डिएनए परीक्षण गर्न नमुना संकलन गरिएको छ ।

ncell

बर्दिया जिल्लाबाट कामका लागि रसुवा गएका मध्ये भदौ २१ गते आइतबारसम्म ७६ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूका आफन्तको डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको सहजीकरण तथा बर्दिया अस्पतालको सहयोगमा आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा नमुना संकलन गरिएको प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।

सम्पर्कविहीन व्यक्तिहरूको पहिचान गर्न उनीहरूका बुवा, आमा वा छोराछोरीमध्ये एक जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरिएको बोहराले बताएका छन् ।

उनका अनुसार बर्दियाका सम्पर्कविहीन ७६ जनामध्ये ५५ जनाका आफन्तको नमुना बर्दियामै संकलन गरिएको छ । यस्तै, नेपाल प्रहरी अस्पताल काठमाडौंमा १३ जना, बाँकेमा ३ जना, रसुवामा १ जना, चितवनमा १ जना र कैलालीमा १ जनाका आफन्तको डिएनए नमुना संकलन गरिएको उनले बताएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये केही व्यक्ति सम्पर्कमा आए पनि आइतबारसम्म बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।

बर्दिया क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीधर पोखरेलले बर्दियालगायत विभिन्न स्थानमा संकलन गरिएका आफन्तको डिएनए नमुनाको रिपोर्टलाई बाढीपछि फेला परेका मृतकका शवबाट संकलित डिएनएसँग मिलान गरी पहिचान गरिने बताएका छन् ।

डिएनए परीक्षणबाट पहिचान हुन नसकेका शवको यकिन पहिचान गर्न सहयोग पुग्ने भएकाले सम्पर्कविहीन व्यक्तिका आफन्तबाट नमुना संकलन गरिएको हो ।
 

uae

ताजा खबर

सम्बन्धित खबर