काठमाडौं : समस्त पितृ उद्धार तथा राष्ट्र कल्याणको हेतुले धार्मिक गुरु एवं स्तम्भकार ज्यो पं अच्युतप्रसाद पौडेल चिन्तनबाट एक समारोहका बीच संगीतमय श्रीमद्भागवत महायज्ञ, कथा पवचन, सत्संग समारोह सम्पन्न भएको छ ।
काठमाडौंको कपन निलोपुलमा पशुपति दैनिक भजन समूहका कबी चापागाईंको आयोजनामा सो वृहत् कार्यक्रम भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै धर्मगुरु चिन्तनले भागवतको श्रवण, संकीर्तनले सम्पूर्ण दिवंगत पितृ उद्धारका साथै भव रोगको निवारण हुने बताए । उनले भागवत कथासार प्रस्तुत गर्दै जीवन र जगत् तथा सम्पूर्ण ब्रह्माण्डका रक्षक सर्वेश्वर जगदीश्वरको साकार तथा निराकार स्वरुपको चर्चा गरे ।
साकारमा संसार र निराकारमा सबै प्राणाीको अन्तर हृदयमा रहने परमेश्वरको मानव मात्रले हरदम स्मरण गर्नुपर्ने दिव्य कथा प्रस्तुत भएको सो अनुष्ठानमा पं बासुदेव अधिकारीलगायत ११ जना ब्रह्मणहरुबाट स्वस्तिवाचन, भागवत पारायण, हवनादि कर्म, नवग्रह पूजन, श्रीशिव आराधना भएको थियो । सो कार्यक्रममा भक्त तुलसीराम पुडासैनी लगायत भक्तहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies