सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : राैतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं २ करूनियास्थित लालबकैया नदीमा तटबन्ध जाली बाेल्डरकाे कार्य सम्पन्न भएको छ ।
पूर्वमन्त्री प्रभु साहकाे निर्देशन एवं नगरप्रमुख प्रेमलाल साहकाे सक्रियतामा तटबन्धको काम सम्पन्न गरिएको हो ।
करूनिया नजिकको साे बाँध वर्षाको बेलामा भत्किँदै आएको थियो । बाँध भत्किँदा दर्जनौं गाउँमा बाढी पसेर साे क्षेत्रकाे बासिन्दा सधैं डुबानमा पर्ने गरेका थिए । हरेक वर्ष बाढी तथा डुबानका कारण करूनिया, जिंगडवासहितका दर्जनौं गाउँ डुबानमा पर्ने गरेका थिए । बाढी आएपछि हरेक वर्ष बाेरामा बालुवा हालेर मर्मत गर्ने गरिएको थियो ।
बाढीले खेतीयोग्य जमिन नै कटान गरेपछि स्थानीयहरुले सास्ती खेप्दै आएका थिए । कटान नियन्त्रण गरी खेतीयोग्य जमिन बचाउने उद्देश्यले साे काम गरिएको नगरप्रमुख साहले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies