काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ ) निष्काशन गर्ने भएको छ । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
लघुवित्तले प्रति शेयर अंकित मूल्य रु. १०० दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले हस्ताक्षर गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies