
काठमाडौं : धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहास, भूगोललगायत नेपाली मौलिकतालाई प्रवर्धन गर्ने विषयमा कलम चलाउने नेपाली पत्रकारलाई पुरस्कृत गर्ने गरी धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गरिएको छ । धार्मिक, सांस्कृति पत्रकार समाज, नेपाल (रेक्जोन) नेतृत्वमा पुरस्कार अक्षय कोष स्थापना शुभारम्भ गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ निवासी कोमलप्रसाद लामिछानेले बीज स्रोतका रुपमा रु ५० हजार उपलब्ध गराएका छन् । कोष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संस्कृति बचाउन संस्कार महत्वपूर्ण विषय भएकाले त्यसको संरक्षणका पक्षमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन र प्रेरणा दिन पुरस्कार कोषले योगदान गर्ने उनको भनाइ छ ।
वैदिक सनातन धर्म, संस्कृतिको रक्षा गरिनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले समाजले धर्मलाई अङ्गालेपछि नै यसको रक्षा हुने बताए । पूर्व गृह राज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले, पत्रकारितामा धर्म, संस्कृति लोप हुँदै गएको विधा भएकाले यस क्षेत्रमा काम गर्न सहज नभएपनि यसमा काम गर्न आवश्यक रहेको बताए । विश्वलाई वैदिक बनाउन सीमारहित राष्ट्रको कल्पना गरेर ‘विश्वशान्तिराष्ट्रमा’ स्थापना गर्नुपर्ने उनको भनाइ छ । यही भावना अनुसार वैदिक विश्व बनेपछि रामराज्य बन्ने महर्षि महेश योगीको विश्वासलाई मूर्त रुप दिन ‘विश्वशान्तिराष्ट्रम्’ ले काम गरिरहेको पूर्व मन्त्री बास्कोटाले सुझाव दिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा ध्रुवप्रसाद भट्टराईले शिक्षामा कमजोरी भएकाले अन्य क्षेत्रजस्तै धर्म, संस्कृतिमा पनि विकृति आएकाले शिक्षा सुधार गर्नुपर्नेमा जोड दिए । धार्मिक, सांस्कृतिक व्यक्तित्व धर्मराज बरालले नेपालमा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा स्थल धेरै भएपनि त्यसको प्रचारप्रसार नभएकाले धार्मिक पर्यटक पनि बढ्न नसकेको उल्लेख गर्दै पत्रकार समाजले यस्ता स्थलका विषयमा जानकारी हुने गरी समाचार सामग्री सार्वजनिक गर्नुपर्ने बताए । विश्व हिन्दू महासंघका महासचिव शम्भुहरि बास्तोलाले नेपालको मौलिक पहिचान विश्वसामु स्थापित गर्न संविधानबाट धर्म निरपेक्ष शब्द हटाई धर्म सापेक्ष राष्ट्रका रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले पुरकार कोषमा सहयोग जुटाएर वृद्धि गर्दै लगिने बताए । विसं २०८४ को पौष शुक्ल पूर्णिमादेखि प्रत्येक वर्ष धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार दिने गरी कोषलाई अघि बढाउने उनको योजकार्यक्रममा समाजका कार्यवाहक महासचिव जयराम सापकोटा र पूर्व महासचिव किशोरप्रसाद ढुंगेलले नेपालमा धार्मिक, सांस्कृति पत्रकारितालाई प्रवर्धन गर्न संस्थाले काम गरिरहेको जानकारी गराएका थिए ।