२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कलंकी नापीका तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ भदौ २२ गते १५:३७
Shares
कलंकी नापीका तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

ncell

चन्द्रागिरि नगरपालिका वडा नं. ९ (साविक मच्छेगाउँ ९ग) मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गर्ने कार्यमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार नापी कार्यालय कलंकीका तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेले भूमि प्रशासन कार्यालय (साविक भूमि सुधार तथा मालपोत कार्यालय) कलंकी, काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको जग्गाको हालसाबिक र प्लट मिलानका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस रकम बार्गेनिङ गरेका थिए । उनीहरूले नियमपूर्वक गर्नुपर्ने काम नगरिदिई सेवाग्राहीलाई दुःख र हैरानी दिएर घुस रकम माग गरेको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै कर्मचारीहरूले कानुनी कारबाही र अनुसन्धानबाट उम्किनका लागि चलाखीपूर्ण योजना बनाएका थिए । उनीहरूले घुसबापतको ५० हजार रुपैयाँ आफैंले सोझै नबुझी कार्यालय सहयोगीलाई बुझाउन सेवाग्राहीलाई निर्देशन दिएका थिए र सोही अनुसार रकम लिन मन्जुर गरेको पुष्टि भएको छ ।

अख्तियारले दुवै अभियुक्तहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ । सोही ऐन बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरी अभियुक्तहरू श्रेष्ठ र पार्धेलाई कैद सजाय र बिगो बमोजिम नै जरिवाना तिराउन मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर