२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

फरवार्ड माइक्रोफाइनान्सद्वारा ३० लाख रुपैयाँ सहयोग

Nada
२०८३ भदौ २३ गते २०:१५
Shares
फरवार्ड माइक्रोफाइनान्सद्वारा ३० लाख रुपैयाँ सहयोग

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ । 

ncell

बिनाशकारी बाढीले रसुवा जिल्लाको बिभिन्न स्थानमा मानविय तथा भौतिक क्षती धेरैनै भएको र आसपासका अन्य जिल्लामा समेत क्षती पुर्याएको घटनामा बिपत्तीसँग जुध्न साथै राहत र उद्धारका लागि संस्थाले उक्त सहयोग गरेको हो । 

वित्तीय संस्थाले उक्त घटनामा परी मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्धार र राहतमा प्रभावकारी रुपमा काम गर्न अनुरोध गरेका हुन ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ गरी जम्मा ३० लाख ६ सय ६५ रुपैयाँ नगद रकम उद्धार कोषमा जम्मा गरेको हो । 

ताजा खबर

सम्बन्धित खबर