२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

गोल्छा च्यारिटी ट्रष्टद्वारा १ करोड ११ लाख सहयोग

Nada
२०८३ भदौ २३ गते २०:२६
Shares
गोल्छा च्यारिटी ट्रष्टद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं : मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  १ करोड ११ लाख सहयोग गरेको छ ।

ncell

उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले संकटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्‍याएको छ ।

ताजा खबर

सम्बन्धित खबर