२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

कांग्रेसको विश्व सञ्जालको प्रथम संयोजकमा सुवेदी चयन

Nada
२०८३ भदौ २५ गते ११:४९
Shares
कांग्रेसको विश्व सञ्जालको प्रथम संयोजकमा सुवेदी चयन

काठमाडौं : नेपाली कांग्रेस पार्टीअन्तर्गतको अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सञ्जालको प्रथम संयोजकमा विष्णु सुवेदी चयन भएका छन् ।

ncell

विश्व सञ्जालका मध्यपूर्व संयोजक नानुकाजी अर्यालले सुवेदीलाई उक्त जिम्मेवारीका लागि चयन गरिएको जानकारी मध्यान्ह दैनिकलाई दिएका हुन् ।

सुवेदीको नेतृत्वमा नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय समन्वय तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको अर्यालले बताए ।

उनका अनुसार नयाँ जिम्मेवारीसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक तथा प्रवासी नेपाली समुदायबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेसको विश्वव्यापी संगठन विस्तार, आपसी समन्वय तथा प्रवासमा रहेका नेपालीहरूको आवाजलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सुवेदीको नेतृत्वले सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको पनि अर्यालले बताए ।

ताजा खबर

सम्बन्धित खबर