
काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत कर्मचारीसमेतको तर्फबाट १ करोड १ लाख ११ हजार १११ सहयोग गरेको छ ।
बाढीपश्चात् उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना प्रयोजनका लागि कर्मचारीका तर्फबाट एक दिनको तलब तथा भत्ताबराबरको रकम १६ लाख २० हजार ५५० र बैंकका तर्फबाट नगद ३४ लाख ९० हजार ५६१ गरी ५१ लाख ११ हजार १११ र विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनर्स्थापनासम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा ५० लाखगरी १ करोड १ लाख ११ हजार १११ सहयोग गरेको हो ।