२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बाढीपीडितका लागि अख्तियारको ६१ लाख रुपैयाँ सहयोग

Nada
२०८३ भदौ ३१ गते १७:३५
Shares
बाढीपीडितका लागि अख्तियारको ६१ लाख रुपैयाँ सहयोग

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि ६१ लाख रुपैयाँभन्दा बढी सहयोग रकम उपलब्ध गराएको छ ।

ncell

आयोगका पदाधिकारी, कर्मचारी तथा मातहतका निजामती र प्रहरी सेवाका राष्ट्रसेवकबाट जम्मा भएको कूल ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगका पदाधिकारीले १५ दिन, सचिव, सहसचिव र सो सरहले १० दिन, उपसचिव तथा शाखा अधिकृत र सो सरहले सात दिन, राजपत्रअनङ्कित कर्मचारीले पाँच दिन, श्रेणीविहीन कर्मचारीले दुई दिनको तलब स्वेच्छिक रुपमा योगदान गर्नुभएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

गत भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति पुर्‍याएपछि  पदाधिकारी तथा कर्मचारीको स्वेच्छिक रूपमा पारिश्रमिक कट्टा गरी राहत रकम जम्मा गरिएको आयोगले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर