२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मनोज ग्यास उद्योगद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग

Nada
लालबाबु बानिया
२०८३ भदौ ३१ गते २०:३८
Shares
मनोज ग्यास उद्योगद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग

वीरगन्ज : पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१ सुखचैनामा रहेको एक विद्यालय र स्वास्थ्य संस्थालाई मनोज ग्यास उद्योग प्रालिले आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको छ ।

ncell

उद्योगले नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय लाई १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै, स्वास्थ्य चौकी सुखचैना लाई २ टन क्षमताको एसी हस्तान्तरण गरिएको हो ।

बुधबार आयोजित कार्यक्रममा उद्योगका सञ्चालक मनोज दास ले नगद सहयोगको चेक तथा एसी हस्तान्तरण गरेका थिए। कार्यक्रम राधाकृष्ण रौनियार को अध्यक्षतामा सम्पन्न भएको थियो ।

उद्योगले विगत चार वर्षदेखि उक्त विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिँदै दासले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदानलाई निरन्तरता दिने बताए। उनले स्थानीय आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद पटेल, प्रधानाध्यापक नन्दकिशोर राम, उद्योगका प्रतिनिधि चन्दन दास र अरुण दास, पत्रकार युवराज खड्का र वीरेन्द्र साह तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर