२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा विपद् कोषमा १ लाख ५१ हजार सहयोग

Nada
२०८३ असोज १ गते २०:२६
Shares
लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा विपद् कोषमा १ लाख ५१ हजार सहयोग

विराटनगर : भोटेकोशी, रसुवालगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

ncell

क्लबले उक्त रकम लायन्स डिस्ट्रिक्ट ३२५ सीको विपद् कोषमा जम्मा गरेको हो । सहयोग रकम जम्मा गरेको जानकारीसहितको पत्र क्लबका अध्यक्ष लायन डा. मञ्जिल श्रेष्ठले बुधबार विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन लीला प्रसाद चिमरियालाई हस्तान्तरण गरे ।

हालै भोटेकोशीमा आएको बाढीपहिरोबाट ठुलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै क्लबले विपद् कोषमा रकम उपलब्ध गराएको जनाएको छ ।

क्लबका सचिव लायन आशिष श्रेष्ठका अनुसार डिस्ट्रिक्टमार्फत संकलित रकम बाढीपहिरो प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार, राहत सामग्री वितरण तथा पुनःस्थापनाका काममा परिचालन गरिनेछ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्टका भाइस डिस्ट्रिक्ट गभर्नर, क्याबिनेट सेक्रेटरी, पास्ट डिस्ट्रिक्ट गभर्नर, क्लबका पूर्वअध्यक्ष तथा सदस्यहरूको उपस्थिति थियो ।

ताजा खबर

सम्बन्धित खबर