२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

युवालाई स्वरोजगार बनाउन निःशुल्क ड्राइभिङ तालिम

Nada
२०८३ असोज १ गते २१:०६
Shares
युवालाई स्वरोजगार बनाउन निःशुल्क ड्राइभिङ तालिम

लमजुङ : लमजुङमा युवालाई सीपयुक्त बनाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले एकमहिने निःशुल्क ड्राइभिङ तालिम सुरु भएको छ ।

ncell

बेसिशहर नगरपालिका–८स्थित लमजुङ कालिका ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टरमा बिहीबारदेखि सुरु भएको तालिममा १५ जना युवा सहभागी छन् । सहभागीमध्ये नौ जना पुरुष र छ जना महिला रहेका छन् । 

एकीकृत कार्यालय लमजुङको वार्षिक कार्यक्रमअन्तर्गत ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । 

तालिम उद्घाटन गर्दै ढकालले सरकारले बढीभन्दा बढी नागरिकलाई सीप तथा तालिमको अवसर प्रदान गर्ने लक्ष्य लिएको र सोहीअनुसार कार्यालयले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । 

निःशुल्क तालिममा सहभागी हुन पाउँदा आफूहरू उत्साहित भएको सहभागीहरूले बताएका छन् । एक महिनासम्म नियमित अभ्याससहित कार चलाउने सीप सिकाइने तालिममा सहभागीलाई कार चलाउनेसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ । तालिमले युवालाई आवश्यक सीप हासिल गरी आफ्नो क्षमता र रुचिअनुसार रोजगारीको अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ, लमजुङ कालिका ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टरका प्रशिक्षक प्रज्वल विक, सोही कार्यालयका उत्तमराज गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सोही कार्यालयका भानुभक्त थापाले गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर