२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मलेसियाका लागि राजदूतमा सिफारिस खरेल को हुन् ?

Nada
२०८३ असोज २ गते १८:३७
Shares
मलेसियाका लागि राजदूतमा सिफारिस खरेल को हुन् ?

काठमाडौं : सरकारले मलेसियाका लागि राजदूतका रूपमा चूडामणि खरेलको नाम प्रस्ताव गरेको छ । 

ncell

शिक्षा, सार्वजनिक प्रशासन, कानुन तथा खेलकुद प्रशासनको क्षेत्रमा अनुभव हासिल गरेका खरेलको नाम राजदूतका लागि प्रस्ताव भएसँगै उनको शैक्षिक योग्यता, संस्थागत अनुभव र सार्वजनिक भूमिकाबारे चासो बढेको छ।

खरेलको प्राज्ञिक पृष्ठभूमि बहुआयामिक छ। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक तथा स्नातकोत्तर गरेका छन् । त्यसैगरी राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । 

अंग्रेजी, राजनीतिशास्त्र र कानूनको अध्ययनले शिक्षा तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्ने आधार तयार गरेको देखिन्छ ।

उनी हाल नेपाल योग खेलकुद संघका महासचिव छन्। यसअघि उनले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौं राष्ट्रिय खेलकुदको उपसमितिका सदस्य–सचिवका रूपमा काम गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर