२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

नेपालमा भारत विरोधी राष्ट्रवादको युग कहिल्यै थिएन :  प्रदीप ज्ञवाली

Nada
२०८३ कार्तिक ९ गते १२:४२
Shares
नेपालमा भारत विरोधी राष्ट्रवादको युग कहिल्यै थिएन :  प्रदीप ज्ञवाली

काठमाडौँ : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको भनी दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

ncell

भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रवादसम्बन्धी धारणा परिवर्तन भएको उल्लेख गरेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन् ।

सम्मेलनमा वाग्लेले कुनै समय नेपालमा राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर व्याख्या गर्ने गरिएको भए पनि त्यस्तो अवस्था अब नरहेको बताएका थिए ।

उनको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ज्ञवालीले नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ नरहेको दाबी गरेका छन् । उनले अर्थमन्त्रीले कुन ऐतिहासिक कालखण्डलाई त्यस्तो युगका रूपमा चित्रण गरेको हो भन्ने प्रश्नसमेत उठाएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक र असान्दर्भिक भन्दै त्यसले नेपालको राष्ट्रिय स्वाभिमान तथा हितमा आँच पुर्‍याउने टिप्पणी गरेका छन् ।

अर्थमन्त्रीको अभिव्यक्ति र त्यसप्रति पूर्वपरराष्ट्रमन्त्रीको प्रतिक्रियाले नेपालको राष्ट्रवादको व्याख्या तथा भारतसँगको सम्बन्धबारे दुई नेताबीचको दृष्टिकोणगत भिन्नता सार्वजनिक गरेको छ ।

ज्ञवालीले नेपालले भारतसँग सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मैत्रीपूर्ण सम्बन्ध चाहँदै आएको उल्लेख गरेका छन् । कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र मुलुकको धारणा अथवा एउटा ऐतिहासिक युगका रूपमा व्याख्या गर्न नमिल्ने उनको तर्क छ ।

उनले नेपाल-भारत सम्बन्धमा रहेका सीमा विवाद, सन् १९५० को सन्धिका प्रावधान, व्यापार असन्तुलन तथा नेपाली वस्तुको भारतीय बजारमा पहुँचलगायतका विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन् । यस्ता समस्या उठाउनुलाई भारतको विरोधका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

सम्बन्धित खबर