२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ४ गते १६:३०
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । साउन ७ गते लुम्बिनी प्रदेश सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न बुहमत ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा रहेका ११ दलमध्ये ७ दलका सांसदले विश्वासको मत दिएका हुन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिएका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २९, नागरिक उन्मुक्ति पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३/३, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका २, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका १ र स्वतन्त्र खड्ग बस्नेत गरी ७० जना सांसदले आचार्यको पक्षमा मतदान गरेका हुन् ।

उपसभामुख मेनुका खाँड केसीसहित ४ सदस्य रहेको राप्रपा तटस्थ बसेको थियो । माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ गरी ११ जना सांसद विपक्षमा मतदान गरेका छन् । माओवादीबाट सभामुख तुलाराम घर्ती मगर छन् । विवासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई भ्रष्टचार मुक्त प्रदेश बनाउने संकल्प गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise