२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

Nada
२०८३ मंसिर ७ गते १३:००
Shares
नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

काठमाडौँ : नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ ।

laxmi recruitement

सम्बन्धित खबर