जनकपुर : नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण शोरुमको सुभारम्भ गरेको छ । शोरुम उद्घाटन डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ ।
५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ शोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies