काठमाडौं : पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा हुन लागेको छैटौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड) २०२३ को मनोनयन सार्वजनिक भएको छ ।
निम अवार्डको छैटौं संस्करण आयोजनाको व्यवस्थापकीय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताए ।
कार्यक्रमको समापन फागुनको दोस्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारहरुसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies