काठमाडौं : आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहेका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ । गीत संगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको ‘भाग्यचक्र’ उनकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
उपन्यासको भोइस–ओभर गणेश सुवेदीले गरेका छन् । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको संगीत रहेको छ । ‘पढ्नका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएको हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढ्न सकियोस् भन्ने उद्देश्यले युट्यबमा आफ्ना उपन्यासहरू सार्वजनिक गरिरहेको हुँ’, डा. उपाध्यायले भने । उनका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, र ‘बज्रघात’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उनले जानकारी गराए ।
कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ आएका छन् । यस्तै, उनका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies