२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लण्डनमा १५औं नेपाली मेला सम्पन्न

ADV
सनिषा श्रेष्ठ
२०८१ भदौ १० गते १३:०१
लण्डनमा १५औं नेपाली मेला सम्पन्न

लण्डन : बेलायतको केम्प्टन पार्क रेसकोर्समा ‘१५औं नेपाली मेला युके–२०२४’ सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला २५ अगष्ट आइतबारका दिन आयोजना गरिएको हो ।

तमुधी एशोसिएसन युकेको अयोजना तथा बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गरिएको हो । उक्त मेलामा आइरो सुशी फ्रेन्चाइजलगायतको प्रायोजन रहेको थियो ।

प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासकी कार्यबाहक राजदूत रोशन खनालले मेलाको उद्घाटन गरेकी थिइन् । उक्त मेलामा बेलायत निवासी नेपालीहरु आ–आफ्नो संस्कृति झल्कने पोशाकमा उपस्थित भएका थिए ।

आयोजक संस्था तमुधी एशोसिएसन युकेका अध्यक्ष हरि गुरुङले बेलायतमा आफूहरुले १५औं पटक नेपाली मेला आयोजना गरेको मध्यान्हलाई बताए । नेपालीहरुको संस्कार, संस्कृति, भाषा र पहिरनको सम्बर्द्धन तथा प्रबर्द्धन गर्नका लागि मेला आयोजना गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

नेपाल र नेपालीसँग सम्बन्धित व्यापार व्यवसायलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला, खाद्य सामग्री, रियल स्टेटजस्ता विभिन्न नेपाली उत्पादन र कारोबारका स्टलहरू राखिएका थिए ।

मेलामा विभिन्न संघसंस्थाहरूका समूहले आ-आफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए भने नृत्य प्रतियोगितासमेत भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise