२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मौलापुरले नगरवासीको ४५ लाख बढी विद्युत महसुल प्राधिकरणलाई बुझायो

ADV
ओमप्रकाश यादव
२०८१ जेठ २८ गते २०:१२
मौलापुरले नगरवासीको ४५ लाख बढी विद्युत महसुल प्राधिकरणलाई बुझायो

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले आफ्ना नगरबासीको ४५ लाख बढी विद्युत महसुल प्राधिकरणलाई बुझाएको छ । नगरपालिकाले विद्युत महसुल वापत ४५ लाख ५६ हजार रुपैयाँ  सोमबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुरलाई बुझाएको हो ।

मौलापुर नगर प्रमुख रिनादेवी साहले ४५ लाख ५६ हजार रकम बराबरको चेक मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवलाई हस्तान्तरण गरेकी छन् ।

मौलापुर नगरभित्र आम जनताको बिजुली र पानी निःशुल्क रहेको छ । नगरबासीको बिजुली र पानीको पैसा मौलापुर नगरपालिकाले तिर्दै आएको छ ।

‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाले यो चालु आर्थिक वर्षको अहिलेसम्म बिजुली र पानी वापतको तीन करोड ४३ लाख ५० हजार रुपैयाँ रकम प्राधिकरणलाई बुझाइ सकिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले बताए । 

मौलापुर नगरपालिकाले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । झण्डै ५ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise